Media Network

माछा मार्न गएका एक पुरुष मृत फेला


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौँ। सल्यानमा माछा मार्न गएका एक पुरुषको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका ६ का ५० वर्षे डोलबहादुर भण्डारी शारदा नदीमा मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहिबार भण्डारी र छत्रेश्वरी नगरपालिका ६ का ४० वर्षे किरण भनिने कृष्णबहादुर पुन माछा मार्न गएका थिए । तर आज बिहान स्थानीयले डोलबहादुरको शव नदी किनारमा देखेपपछि प्रहरीलाई जानकारी दिएका हुन् ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी घटनास्थल पुगेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद