मुगुका भेडापालक कृषकलाई त्रिपाल र सोलार वितरण


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
मुगुका भेडापालक कृषकलाई त्रिपाल र सोलार वितरण
काठमाडौँ। रारा नगरपालिका– १४ वामगाउँका एक सय ११ जना भेडापालक कृषकलाई बुधबार २२ वटा त्रिपाल, २२ थान सोलार सेट र एक सय ११ वटा कैँची वितरण गरिएको छ ।

जिल्ला पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुको भेडा प्रवर्द्धन कार्यक्रमअन्तर्गत वामगाउँका २२ समूहका एक सय ११ जना भेडापालक कृषकलाई बर्खामा पाटन बस्दा ओत लाग्ने पाल, राति उज्यालोको लागि सोलार, ऊन काट्ने कैँची र ऊन सफा गर्ने काइँयोलगायतका सामग्री वितरण गरिएको हो ।