Media Network

मुगुमा पहिलो पटक सैनिक भर्ना सुरु


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौँ। मुगु जिल्लामा पहिलो पटक नेपाली सैनिक भर्ती छनोट खुलेको छ । रारा राष्ट्रिय निकुञ्जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिले पटक ५ जना महिलासहित ५० जना जवानको लागि सैनिक भर्ना सुरु गरेपछि युवाहरुको भीड लागेको छ । 

सैनिक भर्नाको लागि ५१ जना महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बूले जनाए । उक्त आर्मी भर्ना हुन जिल्लाभित्र तथा हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेत बाट युवाहरु आएको सेनानी लिम्बुले बताए । शारीरिक परीक्षण प्रारम्भिक मेडिकल सकेर लिखित परीक्षाको लागि लोक सेवा आयोगको जिम्मा दिइने नन्दबक्स गुल्मले जनाएको छ ।

जिल्लामै सैनिक भर्ना प्रहरी भर्ना तथा लोकसेवा आयोगको परीक्षा केन्द्र तोक्न सकियो भने मुगुकै गरिब बेरोजगारी युवायुवतीले बढी रोजगारको अवसर पाउने छन् । गु नन्दबक्स गुल्ममा शनिबार युवाहरुलाई आर्मी भर्नाको लागि छनोट गरिदैं  ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद