दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
संघीय राजधानी काठमाडौँ उपत्यकाको मौसम सफा रहेको छ । बिहानैदेखि पारिलो घाम लागेको छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ दशमलब सात र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । बितेको २४ घण्टामा काठमाडौँमा ४३ दशमलव सात मिलीमिटर वर्षा भएको छ ।