Media Network

माघसम्म ५ लाख स्मार्ट लाइसेन्स छाप्दै विाभाग, नयाँलाई एक वर्षसम्म परीक्षणकालीन लाइसेन्स


खबरस्टोरी संवाददाता

१६ मंसिर २०७८,बिहीबार

काठमाडाैँ । यातायात व्यवस्था विभागले आगामी माघसम्म कम्तिमा ५ लाख स्मार्ट लाइसेन्स छाप्ने भएको छ । 

महानिर्देशक घिमिरेका अनुसार १४ लाख स्मार्ट कार्ड आएका र ति कार्डबाट दैनिक १० हजार प्रिन्ट गर्ने बताएका छन् । 

उनले भने,'हामी बिहान ७ बजेदेखि राति ११ बजेसम्म कार्ड छाप्छौँ ।', विभागसँग कार्ड छाप्ने एउटा मासप्रिन्ट छ । जसले दैनिक १० हजार कार्ड छाप्ने गर्दछ । 

त्यसपछि, काठमाडौँ उपत्यकाका यातायात कार्यालयहरुबाट सेवाग्राहीहरुले नवीकरण गरेको १० दिनमै स्मार्ट लाइसेन्स पाउने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताएका छन् । 

उनका अनुसार लाइसेन्स पाउन बाँकी अरुलाई पनि क्रमशः उपलब्ध गराइने बताएका छन् । लामो समयदेखि लाइसेन्स वितरण नहुँदा हाल ४ लाखभन्दा बढी चालकहरु चिटको भरमा सवारी चलाइरहेका छन् । 

पछिल्लो समय भने ट्रायल पास गर्नेलाई विभागले परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ । यसको म्याद एक वर्षको हुँदा पनि केही सहज हुने विभागको विश्वास छ। 

महानिर्देशक घिमिरेले भने,'नयाँलाई एक वर्षसम्म क्युआर कोडसहितको लाइसेन्स दिएपछि उहाँहरुलाई समस्या भएन । नवीकरण र पाउन बाँकी रहेकाहरुलाई पनि अब केही समयका लागि समस्या हुँदैन ।' 

उक्त परीक्षणकालीन लाइसेन्स लिएपछि ट्राफिक नियम उल्लंघन गरी पाँच पटकभन्दा बढी कारबाहीमा परेको खण्डमा उनीहरुको लाइसेन्स खारेज हुने र उनीहरुले पुनः लाइसेन्स परीक्षा दिनुपर्नेछ। ५ पटकसम्म ट्राफिक कारबाहीमा नपर्नेले भने एक वर्षपछि स्मार्ट लाइसेन्स पाउने महानिर्देशक घिमिरेले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद