Media Network

महाभूकम्प गएकै दिन ताप्लेजुङमा भूकम्प


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौं । नेपालमा २०७२ सालमा महाभूकम्प गएकै दिन वैशाख १२ गते आज पूर्वीपहाडी जिल्ला ताप्लेजुङमा भूकम्प गएको छ । 

ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको हो । यो २०७२ साल वैशाख १२ गतेको महाभूकम्पको पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद