Media Network

महराका स्वकीय सचिवले माओवादी केन्द्र छोडे


खबरस्टोरी संवाददाता

८ चैत्र २०७८,मंगलवार

दाङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।

माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले माओवादी पार्टी परित्याग गरेको घोषणा मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । 

‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद