Media Network

मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना


खबरस्टोरी संवाददाता

१० पुष २०७८,शनिबार

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्रिसमस डेले सबैमा भाइचारा एवं सौहार्दताको सन्देश दिएका छन् । 

इसाई धर्मका संस्थापक येसु खिष्टको जन्मोत्सव अर्थात् क्रिसमस डेको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले क्रिसमस डेले सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउने शुभकामना दिएका छन् । 

येसु खिष्टले दिएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेदविरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन भन्ने अपेक्षा लिएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । 

कोरोना महामारीको जोखिम अझै कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाएर मात्र क्रिसमस डे मनाउन पनि मुख्यमन्त्री राउतले सबैसँग आग्रह गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद