मलमा भएको कालोबजारीको नियन्त्रण माग गर्दै धानको बीउ बोकेर विरोध प्रदर्शन !!


खबरस्टोरी संवाददाता
८ असार २०७९, बुधबार
मलमा भएको कालोबजारीको नियन्त्रण माग गर्दै धानको बीउ बोकेर विरोध प्रदर्शन !!
 काठमाडौँ । किसान संगठनले आज माइतीघरमा हातमा धानको बीउ लिएर विरोध प्रदर्शन गरेका छन्।

हाल भइरहेको रासायनिक मलको अभाव, रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरूले संयुक्त किसान आन्दोलन गरेका हुन्। प्रदर्शनका क्रममा प्रदर्शनकारीले हातमा धानको बीउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।