Media Network

मलामी गएका युवक सेती नदीमा बेपत्ता


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौँ । डडेल्धुरा–डोटीको सिमाना नदी सेतीमा मलामी गएका एक युवक नुहाउने क्रममा वेपत्ता भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–६ का अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । 

बुधबार मलामी गएका उनी संगै नदीमा नुहाउने क्रममा अर्का जना युवक विनोद ताम्राकार पनि नदीमा बगेका थिए । नुहाउने क्रममा बगेका विनोद सकुशल फेला परेका छन । डोटीको शिखर नगरपालिका–१० बानडुङ्ग्रीशैन स्थीत शिखर पोलिक्लिनिकमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वेपत्ता भएका वीरेन्द्र ताम्राकारको भने खोजि भइरहेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद