Media Network

मेलम्चीको पानी धारामा, यस्तो छ तालिका


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौँ। दस महिनापछि अन्तत:आइतबारदेखि पुनः घर–घरमा मेलम्चीको पानी वितरण शुरू भएको छ । गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । 

अब  मेलम्चीको पानी काठमाडौंवासीले तीन दिन बिराएर प्राप्त गर्ने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तीन दिनमा एकपटक हरेक घरमा पनि पुर्‍याउने गरी तालिका बनाएको छ ।  महाँकालचौर वितरण केन्द्रको तालिकाअनुसार भोलिबाट तीन दिन बिराएर पानी बितरण गरिनेछ । केयुकेएल महाँकालचौरले धारामा पानी आउने दिन ६ घण्टा पानी दिने तालिका बनाएको छ ।

यस्तो छ तालिका :




Share:
Reaction :
ताजा समाचार
खेलकुद