Media Network

मेलम्चीमा फेरी बाढीको त्रास


खबरस्टोरी संवाददाता

११ असार २०७९,शनिबार

सिन्धुपाल्चोक । बर्खाको सुरुवात सँगै मेलम्चीमा फेरि बाढीको त्रास सुरु भएको छ । शुक्रबार राति अविरण वर्षासँगै आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । 

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।यसबाट ६ वडाका नागरिकहरु प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद