Media Network

मुङलिङ खण्डमा पहिरो, पुनः बाटो अवरुद्ध


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

मुग्लिन । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अन्तर्गत मुङलिङ खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा बुधबार दिउँसो २ बजेतिर पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद