मनोनयनमै चिप्लियो रास्वपाको एक सिट


खबरस्टोरी संवाददाता
७ माघ २०८२, मंगलवार
मनोनयनमै चिप्लियो रास्वपाको एक सिट

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा देशैभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका लागि टिकट दिएको रास्वपाको मनोनयनमै एक सिट चिप्लिएको छ । 

मनाङबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी दर्ता भएको छैन । रास्वपाले मनाङबाट अनिल गुरुङलाई टिकट दिएको थियो । तर, उनले मनोनयन दर्ता गरेनन् । मनाङमा उम्मेदवारी मनोनयन दर्ता नगरेसँगै १ सय ६५ प्रत्यक्षतर्फका सिटमध्ये १ सय ६४ सिटमा मात्रै रास्वपाका उम्मेदवार हुने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार मंगलबार निर्धारित समयभित्र मनाङबाट पाँच राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र मंगोल नेशनल अर्गनाइजेसशनबाट उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।

मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङ, एमालेबाट पोल्देन छोपाङ गुरुङ, नेकपाबाट यशोदा गुरुङ सुवेदी, राप्रपाबाट कुविरसिंह गुरुङ र मंगलोल नेशनलबाट रामबहादुर आले निर्वाचित भएका छन् । मनाङमा ७ हजार मतदाता रहेका छन् ।