Media Network

मन्त्री आलेले आक्रोशित हुँदै भने- निजगढ विमानस्थल के दाँत फुकालेर निर्माण गर्ने हो ?


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्छ भनेर धेरै नउफ्रीन मन्त्रीहरुलाई चेतावनी दिएका छन् । 

आइतबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यस गर्दै मन्त्री आलेले सरकारले विमानस्थल निर्माण गर्नको लागि आगामी आर्थिक वर्षको लागि २६ करोड मात्रै रुपैयाँ विनियोजन गरेकोमा आपत्ती जनाउँदै विमानस्थल निर्माण हुँछ भेनेर मन्त्रीहरुलाई अव्यवहारिक कुरा नगर्न चेतावनी दिएका छन् । 

उनले भने “आज कतिपय मन्त्री साथिहरुले निजगड विमानस्थल बन्छ भन्नु भएको छ । के दाँत फुकालेर निर्माण गर्ने । के दाँत फुकालेर एरर्पाेट बन्छ । १ खर्ब २० अर्बको लागत अनुमान छ । बजेट दिने बेला २६ करोड दिने । के २६ करोडमा विमानस्थल निर्माण हुन्छ ? त्यसैले म मन्त्रीजीहरुलाई भन्छु । २६ करोड बजेट विनियोजन गरेर विमानस्थल निर्माण हुन्छ भनेर अभिव्यक्ति नदिनुस ।”

मन्त्री आलेले न्यायपालीकाले कार्यपालीकामाथि हस्तक्षेप गरेको भन्दै न्यायपालीकालाई कार्यपालीकामाथि यसरी हस्तक्षेप गर्ने अधिकार कसले दियो भनेर प्रश्न समेत गरेका छन् । उनले न्यायपालीकाले मधेशलाई राजधानीसंग जोड्न नचाहेको भन्दै मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप गरेको आरोप समेत लगाएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यस गर्दै मन्त्री आलेले भने “६० वर्ष उमेर समूहमाथिका मानिसलाई बस्न कुर्सीको व्यवस्था होस, कम्तीमा पनि प्यासेन्जर आउँदा आधा घण्टा उभिने अवस्था नआओस, ५ मिनेटमै आफ्नो लगेज लिएर घर जाने व्यवस्था गर्नुस, समय सकिनुभन्दा अगावै काम निर्माणको काम सम्पन्न गर्नुस, फोहोर फाल्ने काम नहोस् । आगामी दिनमा सरसफाइलाई व्यवस्थापन गर्ने गरेर काम गर्नुहोस् । पान खाएर पिचिक्क थुक्ने काम नहोस् ।”


Share:
Reaction :
ताजा समाचार
खेलकुद