Media Network

मन्त्री झाँक्री अस्पतालमा


खबरस्टोरी संवाददाता

११ कार्तिक २०७८,बिहीबार

काठमाडौँ। सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया र ज्वरो आएपछि उनिलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए । 

“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने । “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।”  तामाङले भने। अहिले मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको पनि उनले बताए  ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद