Media Network

मन्त्री श्रेष्ठले बाँडिन् कपिलवस्तुका ८२ घरलाई लालपूर्जा


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७८,बुधबार

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बुधबार कपिलवस्तुका भूमिहिन नागरिकलाई जग्गाधनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकी छन् । कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई उनले बुधबार लालपूर्जा वितरण गरेकी हुन् । 

लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकमा रहेका सबै नागरिकले छिटो लालपूर्जा प्राप्त गरुन् भनेर विशेष अभियान मार्फत कामलाई तीब्र पारिएको बताइन् ।  

एक वर्षभित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपूर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडि बढेको पनि उनको भनाइ थियो ।  

मन्त्री श्रेष्ठले यसअघि योजनामा नै नरहेको गाउँब्लकमा लालपूर्जा वितरणको कामलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकतामा राखेर आगाडी बढाएका कारण ४ महिनाको अवधिमा विभिन्न ठाउँका गाउँब्लकमा रहेका २० हजार भन्दाबढी भूमिहिनलाई लालपूर्जा वितरण गरिसकेको दाबी गरिन् । 

उनले भूमी सम्बन्धी सबै विषय छिटोभन्दा छिटो समाधान गर्न अहिलेको सरकार लागिरहेको र त्यसै अनुरुप अभूमी चक्लाबन्दी गर्ने, कृषि योग्य जग्गा संरक्षण र उत्पादकत्व बृद्धी गर्न भूमि सम्बन्धी कानुन बनाउने काम भइसकेको पनि बताइन् । 

सरकारले सरकारी, सार्वजनिक, सामुदायिक र गुठीजग्गा संरक्षणको योजना बनाएर काम शुरु गरेको, बैज्ञानिक भूमिसुधारलाई लागु गरेर भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न अबको योजनामा नै व्यवस्था गर्न लागिएको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन् । 

मन्त्री श्रेष्ठले हलीया, हरवा, चरवा, कमैया, कमलरीको समस्या समाधान गर्न अध्ययन समितिले स्थानीय तह, प्रदेश र संघले गर्ने काम समेटेर प्रतिवेदन तयार पार्ने काम गरेका पनि बताइन् । 

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवनको इच्छाकामना गाउँपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका, तनहुँको बन्दीपुर, चितवनको भरतपुर महानगरपालिका र बाँकेको कोहलपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसकेकी छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद