Media Network

मन्त्री धामीलाई हराउँदै चौधरी माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष निर्वाचित


खबरस्टोरी संवाददाता

१७ फाल्गुन २०७८,मंगलवार

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । कैलालीका चौधरीले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामीलाई हराएका हुन् । चौधरी राष्ट्रियसभा सदस्य पनि हुन् ।

कुल २१० मत खसेकोमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।

उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने सहसचिव नन्दबहादुर साउँद, रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए ।

कोषाध्यक्षमा कमलकुमारी शाह (शाही) विजयी भएकी छन् ।

माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनको तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद