Media Network

मानव अधिकार उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ: प्रदेश प्रमुख शेरचन


खबरस्टोरी संवाददाता

२४ मंसिर २०७८,शुक्रबार

रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

त्रिहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका संघ संस्थाले आज बुटवलमा निकालेको र्यालीपश्चात् आयोजित सभामा उनले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएको बताए । समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट आवाज उठाउन आवश्यक रहेकोमा उनले जोड दिए । 

"महिलाकै गर्भबाट जन्मिएर महिलामाथि नै हिंसा गर्नु बिडम्वना हो", शेरचनले भने । उनले ७३औँ मानवअधिकार दिवस मनाइरहँदा पनि नेपाली नागरिकको अधिकारको संरक्षण हुन नसकेको उल्लेख गर्दै यसमा सबैको ध्यान जानुपर्ने बताए । 

राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद