Media Network

माओवादी छाडेका विष्ट आज एमाले प्रवेश गर्दै


खबरस्टोरी संवाददाता

६ चैत्र २०७८,आईतवार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कर्णाली प्रदेशका प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्ट आइतबार नेकपा एमालेमा प्रवेश गर्दैछन् । 

माओवादी केन्द्रका कर्णाली प्रदेशका प्रमुख सचेतकसमेत रहेका विष्टले केही दिनअघि माओवादी परित्याग गरेको घोषणा गरेका थिए । 

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पार्टी नेतृत्वले द्वैध चरित्र देखाएको भन्दै विष्ट नेतृत्वप्रति रुष्ट थिए । पछिल्लो समय माओवादीभित्रैबाट आफू अन्यायमा परेको उनको गुनासो थियो । 

माओवादीभित्र अन्याय भएको भन्दै कर्णाली प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका विष्ट आज एमालेमा प्रवेश गर्ने भएका हुन् ।

एमालेले सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलमा वृहत्त भेला आयोजना गर्दैछ । सोही भेलामा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल विष्टलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद