राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् । श्रेष्ठ माओवादी कोटाबाट राजदूतमा सिफारिस भएका थिए । उनी माओवादी केन्द्रको निर्वाचन आयोगको प्रमुख थिए ।
मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेरे एग्रिमोका लागि चीनमा पठाएको थियो । चीनले गत सातामात्रै एग्रिमो पठाएपछि उनलाई आज राष्ट्रपति विधादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।