Media Network

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीभित्र विवाद उब्जिएको छ ।

 आन्तरिक विवाद  चुलिएसँगै असन्तुष्ट पक्षले प्रचण्डको फोटो सहित समानान्तर कार्यक्रमको आयोजना गरेको छ ।

संगठनको पदाधिकारी चयनप्रति असन्तुष्टि जनाउँदै  आएका उपाध्यक्ष पवन कार्की लगायतका विद्यार्थी नेताहरुले जेठ २२ गते राजधानीमा ’उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम’ को घोषणा गरेका छन् । उपाध्यक्ष कार्कीले केन्द्रीय समितिको आयोजनामा उपत्यका स्तरीय भेलाको प्रचार सामग्रीमा प्रचण्डको तस्बिर छ।

यता तत्काल कार्यक्रम स्थगन नगरिए कारवाही गर्ने भन्दै अध्यक्ष पञ्चा सिंहले उपाध्यक्ष कार्कीलाई स्पष्टीकरण सोधेकी छन्। संगठनको हित र अनुशासन विपरीत अराजक एवं समानान्तर गतिविधि गरेको भन्दै उनले सचेत गराएको चेतावनी दिएकी छन्।

अखिल क्रान्तिकारीको बिहीबार बसेको बैठकले कार्कीलगायतका नेताहरुले संगठनात्मक अनुशासनको सीमा नाघेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।अन्यथा कारवाही प्रक्रिया अघि बढाउने अध्यक्ष सिंहले चेतावनी दिएकी छन्।



विवादको सुरुवात महासचिव चयनबाट 

अखिल क्रान्तिकारीले गत असोजको दोस्रो साता राष्ट्रिय सम्मेलन मार्फत पञ्चा सिंहलाई अध्यक्षमा चयन गरेतापनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन।पछि जुममार्फत केन्द्रीय कमिटीको भर्चुअल बैठकबाट पदाधिकारी चयन भएको घोषणा गरिएको थियो।

सो बैठकबाट उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई महासचिव घोषित गरिएपछि क्रान्तिकारीमा विवाद देखिन थालेको एक केन्द्रीय सदस्यले बताए ।सोहि बैठकले उपाध्यक्ष, महासचिव लगायत केन्द्रिय समिति चयन गरेको थियो , त्यहाँ केहि योग्य र छुटेको र, केन्द्रीय सदस्यमै नरहेकालाई पदाधिकारीमा चयन गरेको भन्दै विवाद चुलिएको थियो ।

गत असोजमा भएको सम्मेलनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो। जुन विषयलाई लिएर पवन कार्की लगायतका बहुमत सदस्यले विरोध जनाएका थिए। गत असोजमै पुनलाई महासचिवमा ल्याउने प्रयास गरेपछि विरोध हुँदा पञ्चा सिंहलाई अध्यक्ष बनाएर सम्मेलन सकिएको थियो।







Share:
Reaction :
ताजा समाचार
खेलकुद