Media Network

माओवादी नेता बञ्जाडेको मोटरसाइकल दुर्घटनामा निधन


खबरस्टोरी संवाददाता

८ मंसिर २०७८,बुधबार

बुटवल । नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार राती दुर्घटनामा परेका थिए ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दाङबाट बुटवल फर्किदै गर्दा बञ्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले बुटवलको जितगढीमा ठक्कर दिएको थियो । जीतबहादुर रानामगरले चलाएको मोटरसाइकलमा उनी पछाडि सवार थिए । दुर्घटनामा परी रानामगरसमेत घाइते भएका छन् ।

बुटवलको जितगढीका स्थायी बासिन्दा ५६ वर्षीय बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

बञ्जाडेको निधनप्रति नेकपा माओवादी केन्द्र रुपन्देहीले गहिरो दुःख ब्यक्त गरेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद