Media Network

मेरियटबाट सिधै लाकुरी भञ्ज्याङ पुगे राहुल गान्धी


खबरस्टोरी संवाददाता

२२ बैशाख २०७९,बिहीबार

काठमाडौ । भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी काठमाडौंको नक्सालस्थित मेरियट होटलबाट सिधै ललितपुर लाकुरी भञ्ज्याङस्थित एक रिसोर्ट पुगेका छन् । 

मंगलबार राति विवाह घरमा रहेका गान्धी रातारात द टेरेसेस होटलमा पुगेका हुन् । गान्धी निजी भ्रमणका लागि काठमाडौंमा आएका हुुन् । उनी आफ्ना पुराना मित्र सुम्निमा उदासको विवाहमा सहभागी हुन आएको जनाइएको छ । 

सोमबार राति उनी ठमेलको एक नाइट क्लबमा पुगेका थिए । उनका भिडियो र फोटो सार्वजनिक भएपछि भारतमा हंगामा भएको छ । 



 


Share:
Reaction :
ताजा समाचार
खेलकुद