Media Network

मीटूको प्रश्नमा केशव स्थापित जंगिए– तपाईंको फेस नाइस छ, थुतुनो भएन!


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौंको मेयरका प्रत्यासी केशव स्थापितलाई यौन दुराचारको आरोपले आक्रोशित बनाएको छ ।

यौन दुराचारबारे प्रश्न गर्दा उल्टै प्रश्नकर्तामाथि नै जंगिएर आपत्तिजनक अभिव्यक्ति दिएका छन् । बिहीबार नेसनल कलेजमा भएको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तक्रिया कार्यक्रममा भावना राउतले उनीमाथि लागेको यौन दुराचारको आरोपबारे प्रश्न गरेकी थिइन् । एक्कासी जंगिँदै स्थापितले भने, ‘तपाईंको फेस नाइस छ, थुतुनो भएन ।’

स्थापितले मीटू आरोप गलत भएको बताए । उनले कुनै पनि प्रमाण नभएको दाबी गरे । तर राउतले फेरि प्रश्न गर्दै भनिन्,‘निर्दोष छु भनेर कि प्रमाणित गर्नुस् अथवा प्रमाणित गर्न सक्नुहुन्न भने तपाईं यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ र ?’

स्थापितले काठमाडौं महानगरको पूर्वकर्मचारी रश्मिला महर्जन र पत्रकार उज्ज्वला महर्जनले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक रुपमा भनेका थिए ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद