Media Network

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


खबरस्टोरी संवाददाता

२३ बैशाख २०७९,शुक्रबार

 काठमाडौं । धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ बर्षीय ईन्द्र बहादुर याखा रहेका छन् । 

कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रीत भई गएराती पौने १२ बजे दुर्घटना हुंदा  घटनास्थलमै  मृत्यु भएको थियो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद