गत २७ बैशाखमा सर्बोच्चका न्यायाधीश डा कुमार चुँडालको एकल इजलाशले जोशीलाई निलम्वन नगर्न अन्तरिम आदेश र कारण देखाउ आदेश दिएको हो ।
सर्वोच्चको यो आदेशसँगै डा। जोशीलाई काममा फर्किन बाटो खुलेको छ ।यसअघि बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उपकुलपति प्राडा जोशीलाई पदीय जिम्मेवारी पुरा नगरेको तथा पद अनुरुपको आचरण नगरेको वा इमान्दारी पूर्वक आफ्नो कर्तव्य पुरा गरेको आरोप लगाउँदै निलम्बन गरेका थिए । त्यस निर्णय बिरुद्ध डा जोशीले गत २२ बैशाखमा सर्बोच्चमा रिट दायर गरेका थिए ।