Media Network

मदिरा सेवन संस्कृतिले समाजलाई नकारात्मकतातर्फ डोर्याउँदै !


खबरस्टोरी संवाददाता

१० पुष २०७८,शनिबार

पोखरा । मदिरा सेवन संस्कृतिको रुपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् । 

उपभोक्ता हित संरक्षण मञ्च नेपालले मदिराका नकारात्मक असर र नियमनको आवश्यकतासम्बन्धी पोखरामा शुक्रबार आयोजित उपभोक्ता सचेतना कार्यक्रममा सहभागीले मदिराको प्रयोगलाई प्रतिष्ठा विषय बनाउँदै जाँदा समस्या बढ्दै गएको धारणा राखेका हुन् । 

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आधुनिकताको पक्षको रुपबाट मदिरा संस्कृति बढ्दै गएको र यसले समाजलाई नकारात्मकतातर्फ डोर्याएको बताए । उनले ८० प्रतिशत हिंसा मदिराको सेवनबाट हुने गरेका तथ्यांकहरु बाहिर आएको जनाउँदै मदिराले मानिसलाई आफूलाई शक्तिशाली हुँ भन्ने मनोवैज्ञानिक भ्रम सिर्जना गर्ने र हिंसाका लागि प्रेरित गर्न गरेको बताए । उनले डाक्टरले भनेका कुरालाई वेवास्ता गर्दै सामाजिक प्रतिष्ठा र विलासिताको पक्षबाट मदिरालाई अगाडि ल्याउने संस्कार गलत भएको र यसलाई निरुत्साहित गर्न सबै पक्षले ध्यान दिनुपर्ने बताएका छन् । 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले मदिर बिक्री वितरणका लागि बनेका ऐनको कार्यान्वयनमा लागि प्रशासन पूण प्रतिबद्ध रहेको यसको लागि नागरिक तहबाट सचेतनको जरुरी रहेको बताए ।  पश्चिामाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यपक डा.डेभिड श्रेष्ठले मदिराले स्वास्थ्यमा पार्ने असरको बारेमा प्रस्तुतीकरण राख्दै स्वास्थ्यका लागि मदिरा सेवन कुनै पनि दृष्टिकोणले उपयुक्त नरहेको बताए । 

जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृत बस्नेतले विश्व भरी ५ वर्षदेखि २९ वर्ष उमेर समूहका युवा १३ देखि १४ लाखको मृत्यु हुने गरेको तथ्यांक रहेको डेढ दुई करोड अङ्गभङ्ग हुने गरेको जानकारी दिए । नेपालमा वार्षिक १७-१८ सयको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको यसको कारणमा ६९ प्रतिशत मदिरा सेवन रहेको बताए । उनले 'ड्रिक एण्ड ड्राइभ' कम गर्दा दुर्घटना न्यूनीकरण हुने बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद