Media Network

मधेस प्रदेशको नीति तथा कार्यक्रम पारित


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

काठमाडौं । मधेस प्रदेशको नीति तथा कार्यक्रम संसदबाट सर्वसम्मतरुपमा पारित भएको छ । बुधबार प्रदेशसभामा नवौं अधिवेशनको पाँचौं बैठकबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो । 

नीति तथा कार्यक्रम पारितका लागि गरिएको प्रस्तावमाथि प्रदेश सांसद दिलिपकुमार साह, परमेश्वर साह, बच्चालाल यादव, बाबुलाल साह, सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव पेश गरेका थिए । 

मुख्यमन्त्री लालबाबु राउतले सांसदहरुबाट उठेका सबैका सुझाव समेट्ने प्रतिवद्धता जनाएपछि संशोधन प्रस्ताव फिर्ता लिइएको थियो । 

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले गणतन्त्रका प्रणेता राजाराम सिंह र गजेन्द्रनारायण सिंहको प्रतिमूर्ति बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको बताए । 

‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत रहेको छोरी बीमा कार्यक्रमका लागि ग्लोबल आइएमईसँग सम्झौता भएको उनले जानकारी दिए ।  

मुख्यमन्त्री राउतले संघीय सरकारले नै संघीयतामाथि प्रहार गरिरहेको भन्दै अझै पनि प्रदेशलाई बेवास्ता गरिहेको उल्लेख गरे । 

उनले संघीय सरकारले अझै केन्द्रीकृत एकात्मक प्रणालीमार्फत मुलुक सञ्चालन गर्न खोजिरहेको दाबी गरे । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद