Media Network

माधव नेपालले जागरण परिषद् पनि पार्टीमा मिलाए


खबरस्टोरी संवाददाता

१५ पुष २०७८,बिहीबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय जागरण परिषद नेपाललाई पनि आफ्नो पार्टीमा मिसाएका छन् । 

दुई दिनअघि मात्रै नेता नेपालले देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) लाई पार्टीमा मिलाएका थिए । महता माओवादीसँग असन्तुष्ट भई नेकपा (जनवादी) गठन गरेका थिए ।  

देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीलाई पार्टीमा मिलाएका नेपालले शुक्रबार राष्ट्रिय जागरण परिषद नेपालसँग पार्टी एकता घोषणा गर्दैछन् । 

काठमाडौंको होटल अर्यालमा कार्यक्रम गरी औपचारिक रुपमा पार्टी एकता घोषणा गर्न लागिएको एकीकृत समाजवादीले जनाएको छ । जागरण परिषद्को अध्यक्ष साध्यबहादुर भण्डारी छन् । 

भण्डारी नेतृत्वको परिषद्ले भारतले सीमा मिचेका भूमि फिर्ताका साथै ग्रेटर नेपालको माग गरी आन्दोलन गदै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद