यसको खोजीमा हेलिकोप्टर परिचालन भइसकेको छ । हाल प्रहरीसहितको टोलि घटनास्थलतर्फ गएको छ । विमान पोखराबाट ९ बजेर ५५ मिनेट जाँदा उडान भरेको थियो । विमान मुस्ताङको एयरस्पेसमा पुगेपछि सम्पर्कबाट हराएको थियो ।
विमानमा चालकदलका सदस्यसहित २२ जना यात्रु रहेको जनाइएको छ । विमानमा ४ जना भारतीय तथा ३ जना जापानीज नागरिक छन् र बाँकी सबै नेपाली यात्रु हुन् ।