Media Network

मेयर बालेनले ल्याएका नीति तथा कार्यक्रम पारित


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पेश गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित भएको छ।  

बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो । सभामा मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका विषयहरुको जवाफ दिएपछि पारितका लागि निर्णयार्थ पेश गरेका थिए । असार ५ गते ल्याइएको महानगरपालिकाको नीति तथा कार्यक्रममा नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने घोषणा गरिएको छ । 

यस्तै काठमाडौंमा सञ्चालन हुने विभिन्न जात्रा, पर्वहरूलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यक्रमको निरन्तरता, महानगरपालिकामा कर तिरेका करदाताहरूको स्वास्थ्य बिमा, महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा निःशुल्क बेडको प्रबन्ध मिलाइनेछ, एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाउने उल्लेख गरिएको छ। 






Share:
Reaction :
ताजा समाचार
खेलकुद