Media Network

मेयर बन्न अधिकृतबाट राजीनामा, पराजित भएपछि पुन: अधिकृतमै निस्कियो नाम


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ। अधिकृत पदबाट राजीनामा दिएर स्थानीय तह चुनावमा होमिएका कञ्चनराज गिरी पराजित भएपछि पुन: सरकारी सेवामै फर्किएका छन् । 

गिरीले बनेपा नगरपालिकाको मेयर लड्न नेपाल विद्युत् प्राधिकरणको सातौँ तहको अधिकृतबाट राजीनामा दिएका थिए भने उनले पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा अधिकृतमा पुन: नाम निकालेका हुन् । विद्युत प्राधिकरणको अधिकृतका लागि अन्तर्वार्ता दिएकै दिन उनले प्रतिष्ठानमा लिखित परीक्षा दिएका थिए । 

नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मत ल्याएर मेयर जित्दा पुतली चिन्ह पाएका गिरीले १४८ पाएका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद