Media Network

मेयरमा पदबहाली भएसँगै खानेपानी मुहानमा पुगे हर्क साम्पाङ


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

सुनसरी । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ पदबहाली भएसँगै नगरको खानेपानी संकट समाधानका लागि मुहानमा खटिएका छन्। 

धराने जनताको लोकप्रिय मतसहित विजयी भएका हर्क साम्पाङ (हर्कराज राई) धरानको खानेपानी समस्या समाधानको लागि समयदेखि क्रियाशील छन् ।बुधबार दिउँसा उनी धरानमा वितरण गरिने सर्दु जलाधार क्षेत्रस्थित खानेपानीको मुहान अवलोकनमा पुगे। 

मुहानमा पुगेका उनले त्यहाँ भएका कमजोरी सच्याउने र फोहोर गर्न नदिन निर्देशन दिएका छन्।उनी सर्दु जलाधारको मुहान पुग्दा पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत गरी धरानमा पठाउन निर्देशन दिए ।  


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद