Media Network

नौ वर्षसम्ममा पनि बनेन शीत भण्डार 


खबरस्टोरी संवाददाता

२१ आश्विन २०७८,बिहीबार

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७, बाघखोरमा नौ वर्षसम्म शीत भण्डार अलपत्र भएको छ । निर्माण पक्षको गैरजिम्मेवारीले नौ वर्षसम्म शित भण्डारको काम कछुवाको गतिमा सिमित बनेको छ ।

भारतीय राजदूतावासको ४ करोड ९९ लाख र तानसेन नगरपालिकाको अन्य शीर्षकमा बजेट विनियोजन गरी काम थालिएको भएपछि हालसम्म २७ प्रतिशत काम मात्र पूरा भएको हो ।

१८ महिनामा काम सम्पन्न गर्ने भनेर निर्माण पक्षले सम्र्झौता भएको थियो । शीत भण्डारको दुई हजार टन क्षमताको रहेको तानसेन नगरपालिकाले जनाएको छ । 

बहादुरसिंह लामाको हिमडुङ एण्ड थोकर र रामप्रसाद भट्टको जय रक्तकाली जेभीले २०६९ फागुन २३ गते सम्झौता गरी विस २०७१ जेठ ३० गते सम्पन्न गर्ने शर्तमा काम थालेको हो । तर पटक पटक म्याद थप गरिएपनि शित भण्डारको भवनको काम गति लिन सकेको छैन । 

अहिले भवनको तल्लो भागमा घाँस तथा रुख हुर्किरहेका छन् ।

तानसेन–७, का स्थानीयबासिन्दा माधव भटट्राईले ५ वर्षदेखि कुनै पनि काम नहुँदा भवन अलपत्र भएको बताए । उनले पहिला खेलकुदका आयोजना हुने यस क्षेत्र शितभण्डार निर्माण गर्न थालेपछि प्रतियोगीता नहुँदा सुनसा नबनेको बताए । 

अलपत्र शितभण्डारको काम छिटो सुचारु गर्न तानसेन नगरपालिकामा पटक पटक धाएपनि कामको गति लिन नसकेको उनले बताए । 

पाल्पा, गुल्मी, स्याङगजा र अर्घाखाँची जिल्लाका कृषि उत्पादनलाई चिस्यान केन्द्रमा भण्डार गरी नोक्सानी काम गर्ने सरकारको योजना हो । किसानले उत्पादित बस्तुहरुलाई लामो समयसम्म ताजा राख्न र राम्रो मुल्यका निम्ति चिस्यान केन्द्रमा भण्डारण गर्ने चलन छ ।

अलपत्र शित भण्डारले यस क्षेत्रका किसानले बीउ विजन चिस्यान केन्द्रमा भण्डार गर्न रुपन्देही जिल्लाको भैरहवा लैजानुपर्ने बाध्यता नहटेको भटट्राईको दावी छ । 
निर्माण व्यवसायीले निर्माधिन शिल भण्डारको संरक्षण गर्न भारतीय नागरिकलाई हेरालुको जिम्मेवारी दिएको छ । भारतको सितापुरका राज चौरसियाले परिवार सहित हेरालुको रुपमा काम गरेपनि पारिश्रमिक पाउन नसक्दा ऋणको भारी बोकेका छन् । 

चार वर्षदेखि निर्माण पक्षबाट पारिश्रमिक पाउन सकेको छैन । पारिश्रमिक नपाउँदा बिहान साँझको छाँक टार्न समेत समस्या भएको चौरसियाको गुनासो छ । 
वि.सं. २०७५ माघ ८ गते काम पुरा गर्न अन्तिम म्याद दिएको थियो । सोही मितिमा काम पुरा नगरेपछि क्षतिपूर्ति वापत ४८ लाख २२ हजार ५५ रुपैँया भुक्तानी गर्न व्यवसायीलाई पत्राचार गरेको थियो ।

व्यवसायीहरुले आफुहरुलाई लगाइएको क्षतिपूर्ति मिनाह गर्नुपर्ने र कामको मूल्यांकलन गरी ५० लाख पाउनुपर्ने दावी छ । तानसेन नगरपालिकाले पकट पटक गरी २ करोड १६ लाख भुक्तानी दिएको छ । 

तानसेन नगरपालिका, भारतीय दुताबास र निर्माण व्यवसायीबीच छलफलमा काम गर्ने लिखित सहमति भएपनि काम पुनः सुचारु हुन सकेको छैन । तानसेनका नगरप्रमुख अशोककुमार शाहीले आफुहरुलाई कानुनी समस्या गर्दा काम नगर्ने निर्माण पक्षलाई हटाएर नयाँलाई जिम्मा दिन समस्या भएको बताए । 

शीत भण्डारको अधुरो हुँदा नगरपालिकालाई नै लज्जित बनाएको छ । अलपत्र शीत भण्डारका कामलाई गति दिन पहलकदमी भइरहेको र छिटो काम सुचारु गर्न सम्वन्धित निकायसँग छलफल भइरहेकोे उनले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद