Media Network

नक्कली नेपाली नोटसहित ३ जना पक्राउ


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

कैलाली । कैलालीका धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सोही महानगरपालिका–२ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेका छन् ।

उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको थियो । 

थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद