नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकोकेन्द्रीय परिषद् बैठक आज बस्दैछ ।

कमलादीस्थित प्रज्ञा भवनमा बस्ने पहिलो बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय निर्वाचनको समीक्षा, आसन्न प्रदेशसभा÷प्रतिनिधिसभा निर्वाचनको रणनीति, समसामयिक राजनीति मुख्य एजेण्डा छन् ।

देशभरबाट झण्डै १५ सय सहभागी हुने परिषद् बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै पार्टीको आगामी कार्यदिशा पनि तय गरिदैछ ।