Media Network

निलम्बित गभर्नर अधिकारीको रिटको सुनुवाइ न्यायाधीश फुयालको इजलासमा


खबरस्टोरी संवाददाता

६ बैशाख २०७९,मंगलवार

काठमाडौं– सरकारले गरेको निलम्बनविरूद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथिको सुनुवाइ सुरु भएको छ। 

सो रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा हुन भएको छ। सरकारले दुई साताअघि सर्वोच्च अदालतका पूर्वन्यायाधीस पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानवीन समिति गठन गरेको थियो । 

छानवीनको निर्णयसँगै अधिकारी स्वतः निलम्बनमा परेका थिए। सरकारले गरेको निलम्बनको निर्णयविरुद्ध अधिकारीले सर्वोच्चमा रिट दर्ता गराएका थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद