उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ ।रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मङ्सिर २०४० मा विवाह भएको थियो । डा. सुवेग र सुवान गरी उनका दुई छोरा छन् ।
लामो समयसम्म शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उनी उपचाररत थिइन् ।