अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिका लागि गत शनिबारदेखि जारी निर्वाचनको मतगणना आज शुक्रबार सकिएको हो । बारको अध्यक्षमा वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रत्यासी गोपालकृष्ण घिमिरे प्रत्यासी थिए । अध्यक्षका प्रत्याशी घिमिरे कांग्रेस निकट हुन् ।
बारको तीन वर्षे कार्यकालसहितको कार्यसमितिमा २५ जना हुन्छन् । बारको निर्वाचनमा एक अध्यक्षमा ८, उपाध्यक्षमा ८ पदका लागि २१, एक महासचिवका लागि ७, एक कोषाध्यक्षका लागि ३, विभिन्न कलस्टरका ८ सदस्यका लागि १९ र खुला ६ सदस्यका लागि २५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।