नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी काममा फर्किए


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी काममा फर्किए
काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले शुक्रबार आफ्नो कार्यभार ग्रहण गरी  नियमित कार्य प्रारम्भ गरेका छन् । सरकारले कार्यकारी अध्यक्षलाई असार ६ गते निलम्बन गरेकोमा अधिकारीले सो मा चित्त नबुझी असार १३ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सो अनुसार सर्वोच्च अदालतले विहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा र्फकन बाटो खोलिदिएको हो ।

कार्यभार ग्रहण गर्दै कार्यकारी अध्यक्ष अधिकारीले सम्पूर्ण कर्मचारीबाट पूर्ण सहयोग पाउने विश्वास व्यक्त गर्दै आफू निगमको उन्नति प्रगतिमा सक्रिय रहने दृढता व्यक्त गरे ।