Media Network

नेपालमा आज थप ९ सय ४४ जनामा कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

२४ पुष २०७८,शनिबार

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ९ सय ४४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ७ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १४ हजार ६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २ सय ६४ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।त्यस्तै, कोरोना संक्रमणबाट आज शुन्य मृत्यु भएको जनाइएको छ । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ


Share:
Reaction :
ताजा समाचार
खेलकुद