Media Network

नारायणगढको ब्यापारिक भवनमा भिषण आगलागी


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

चितवन । चितवनको नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा आगलागी हुँदा करोडौँको क्षति भएको छ । 

चारतले भवनको पहिलो तलामा विभिन्न विभिन्‍न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा राती २ बजेतिर आगलागी भएको हो ।

राती लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहायतमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए । भरतपुर महानगरपालिकाको एक, खैरहनी नगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकल आगो निभाउन परिचालित भएको थियो । 

फेन्सी, इलेक्ट्रोनिक, मोबाइल, जुत्ता चप्पल र कपडालगायतका करिब ८ पसलमा आगलागी भएको छ । चारतले घरको पहिलो तलामा सञ्चालन भएका एक्सप्रेस मोबाइल पसल, दुर्गा इलेक्ट्रोनिक पसल, श्रीकृष्ण सप्लायर्स, जुत्ता पसल, फेन्सी पसल र दियालो फेन्सी पसलमा आगलागी भएको स्थानीयले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद