Media Network

नवलपुर र तनहुँको घाँसीकुवा खण्डमा गाडी चलाउन रोकियो


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । पूर्व पश्चिम राजमार्गको नवलपुर खण्ड र तनहुँको घाँसीकुवा खण्डमा गाडी चलाउन रोक लगाइएको छ । बाटो मर्मतका लागि भन्दै गाडी चलाउन रोक लगाइएको हो । 

पूर्व पश्चिम राजमार्गको दाउन्ने नारायणघाट सडक खण्डको चोरमारामा आइतबार विहान ८ बजेखि गाडी चलाउन रोक लगाइएको छ । मध्यबिन्दु नगरपालिका ७ चोरमारास्थित गिरुवारी पुल मर्मत गर्नका लागि गाडी चलाउन रोकिएको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासीपूर्वले शुक्रबार नै सूचना जारी गरी आइतबार बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको थियो । 

पुलको बीच भाडमा भ्वाङ परेका कारण यातायात आवागमन बन्द गरेर नियमित मर्मतसम्भारको काम गर्न लागिएको हो । 

यता, मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड आइतबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।

सो क्षेत्रमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि आज राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहुँले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद