Media Network

नवलपुरको देवचुली १५ मा काँग्रेस (गठबन्धन) को प्यानल नै विजयी


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

नवलपुर । नवलपुरको देवचुली १५ नं वडामा नेपाली काँग्रेस (गठबन्धन) का वडाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र रानाभाट सहित प्यानल नै विजयी भएको हो ।

वडाध्यक्ष पदका उम्मेदवार रानाभाटले ६ सय ९१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एकालेका जीवन श्रेष्ठले ५ सय ८१ मत ल्याएका थिए । रानाभाटले श्रेष्ठलाई १ सय १० मतले पराजित गरेका छन् ।यसैगरि महिला वडा सदस्यमा नेपाली काँग्रेस (गठबन्धन) का माया सुवेदीले ८ सय ३८, दलित तर्फ अनिता श्रेष्ठले ८ सय ६९, खुल्ला सदस्यमा प्रेम प्रसाद खनालले ७ सय ५९ र मान कुमार श्रेष्ठ ८ सय ४० मत ल्याएर विजयी भएका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद