Media Network

नवलपरासीमा ट्रकसहित ४ सय १८ बोरा चिनी बरामद


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौँ। भारतीय नाकाबाट भन्सार छलेर अवैधरुपमा नेपाल भित्रिएको १४ लाख बराबरको चिनी पश्चिम नवलपरासीको प्रहरीले आइतबार बरामद गरेको छ । 

जिल्लाको बर्दघाटबाट ना ६ ख २३८८ र ना ७ ख २०१५ नम्बरको ट्रकमा ल्याउँदै गरेको ४ सय १८ बोरा चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए ।

भारतमा भन्दा नोपलमा प्रति किलो १५ रुपैयाँ चिनी महँगो भएपछि चिनी तस्करी बढेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद