Media Network

नेवानीको बिमानमा समस्या देखिएपछि छानबिनका लागि उच्चस्तरीय समिति गठन (पत्रसहित)


खबरस्टोरी संवाददाता

२४ चैत्र २०७८,बिहीबार

काठमाडौं । नेपाल वायुसेवा निगमको बैंकक–काठमाडौं नियमित उडानमा रहेको न्यारोवडी विमानको टायर पड्किएपछि छानबिन समिति गठन गरिएको छ ।

गत अप्रिल १ मा बैंककको सुवर्णभुमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा विमानको टायरमा समस्या देखिएपछि सोही विषयमा  छानबिन गर्न उच्च स्तरीय समिति गठन भएको हो ।

टायरमा समस्या देखिएलगत्तै विमान रोकेर यात्रुलाई झारेर विमानको प्राविधिक चेकजाँच गरिएको थियो । ती विमानमा रहेका १४१ जना यात्रुहरुलाई नेपाल ल्याइसकेको निगमले जनाएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद