Media Network

नियुक्त भएको ४२ दिनपछि सरकारी निवासमा प्रवेश गरे मुख्यमन्त्री राई


खबरस्टोरी संवाददाता

२९ मंसिर २०७८,बुधबार

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सरेका छन् । नियुक्त भएको ४२ दिनपछि प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राई सरकारी निवासमा प्रवेश गरेका हुन् । उनले विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सरेका हुन् । यसअघि उनी विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बसिरहेका थिए । सो अवसरमा मुख्यमन्त्री राईले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारी व्ययभार कम गर्न आफू सरकारी निवासमा बसोबासको व्यवस्था गरेको बताए । उनले भने, "विगतका मुख्यमन्त्रीले होटल तथा बहालको घरमा बस्ने गरेकोमा आफू सरकारी व्ययभार कम गर्न सरकारी निवासमा बसोबासको व्यवस्था मिलाएको छु ।" मुख्यमन्त्री राईले मासिक रु ४ लाख भाडा तिर्ने गरी मुख्यमन्त्रीका लागि लिएको काठमाडौँस्थित सम्पर्क कार्यालय बन्द गर्ने पनि बताए ।

सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले सतारुढ गठबन्धन दलको महाधिवेशन समाप्त भएकाले आगामी १ हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए । मुख्यमन्त्री राईले आवश्यकताका आधारमा ९ देखि ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्ने जानकारी पनि दिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद