दिउँसो प्रदेश १ ,बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राति प्रदेश १, बागमती र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । साेमबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।