न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहने गरी जाँचबुझ समिति गठन गरिएको छ ।
न्यायाधीश राजकुमार कोईराला र अधिवक्ता रूद्रप्रसाद पोखरेल बीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको बार्गेनिगंको अडिओ बाहिरिएपछि न्यायपरिषदले छानबिन समिति गठन गरेको हो ।
४५ दिनको समय दिएर प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको छ ।